दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

काठमाडौँ । पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ ।

उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन् ।

पोखराको पृथ्वीचोकबाट सेती नदीको किनारै रहेको बाटोका साथै बुद्धचोकबाट आगो निभाउनका जाने दमकल एवं पानीका ट्याङ्कर पु¥याउनसमेत समस्या भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए ।

भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्