फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

<span class='c1'>फिलिपिन्समा आँधीमा परी मृत्यु</span> <span class='c2'>हुनेको संख्या २७ पुग्यो</span>

फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन् ।

भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको नागरिक रक्षा कार्यालयले आइतबारको प्रतिवेदनमा जनाएको छ । एघार जना घाइते भएका र तीन जना बेपत्ता रहेका बताइएको छ ।

राज्यको मौसम पूर्वानुमानकर्ता पीएजिएएसएले आइतवार लुजोनको मुख्य टापुको दक्षिणी छेउमा रहेको बिकोल प्रायद्वीप र क्वेजोन प्रान्तमा भारी वर्षाको चेतावनी दिएको छ । “यी अवस्थाहरूमा, बाढी र वर्षा–प्रेरित पहिरोको सम्भावित क्षेत्रहरूमा उच्च जोखिममा रहेका पीएजिएएसएका अधिकारीले जानकारी दिएका छन् ।

८३ हजार भन्दा बढी मानिस विस्थापित केन्द्रहरूमा आश्रय लिएर बसेका र बाढी र भारी वर्षाका कारण १२ सय भन्दा बढी घरमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

फिलिपिन्स जलवायु परिवर्तनका प्रभावहरूका लागि सबैभन्दा जोखिममा परेका राष्ट्रहरु मध्ये परेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । आँधीहरू अझ शक्तिशाली बन्दै गएका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्