पोखरा विमान दुर्घटनाको शोकमा आज यती एयरलाइन्सका सबै उडान रद्द

<span class='c1'>पोखरा विमान दुर्घटनाको शोकमा आज</span> <span class='c2'>यती एयरलाइन्सका सबै उडान रद्द</span>

काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा आज निर्धारित सबै उडान रद्द गरेको छ ।

कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको हो ।

पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ ।

कम्पनीको नाइन एन एएनसी एटीआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि दुर्घटना भएको थियो ।

उक्त विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । पछिल्लो अपडेट अनुसार ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्