विराटनगरमा ‘हट एण्ड स्पाईसी’ क्याफेको पहिलो शाखा संचालनमा

<span class='c1'>विराटनगरमा ‘हट एण्ड स्पाईसी’</span> <span class='c2'>क्याफेको पहिलो शाखा संचालनमा</span>

विराटनगर । सस्तो मिठो र गुणस्तरीय खानाको रुपमा पोखरामा ख्याती कमाएको ‘हट एण्ड स्पाईसी’ क्याफेको विराटनगरका लागी पहिलो शाखा संचालनमा आएको छ ।

विराटनगर–१ पानीटंकी, नेता चोक स्थित ‘हट एण्ड स्पाईसी’ क्याफे पहिलो शाखाको रुपमा आईतबारबाट संचालनमा आएको हो ।

क्याफेको विराटनगर महानगरपालीकाका पुर्व मेयर तथा प्रदेश एक सासद भिम पराजुली , पुर्व एसपी विद्यान्द माझीले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए । करिब ६० लाख रूपैयाँको लागतमा संचालनमा ल्याईएको ‘हट एण्ड स्पाईसी’ क्याफे विराटनगर शाखाका संचालक दिपक चौधरीले बताउनुभयो ।

लोकप्रिय परिकार इटालीयन, चाइनीज, कन्टिनेन्टल खानालाई नेपालीपन र नेपाली स्वादमा पस्कने उदेस्य सहित १० बर्ष अगाडी ‘हट एण्ड स्पाईसी’ क्याफे पोखरामा संचालनमा आएको थियो । दुवईको ५ तारे होटलमा काम गरी अनुभव लिएर फर्किएका ‘हट एण्ड स्पाईसी’ क्याफेका सिईओ ज्ञान गुरुङले विदेशमै हुँदा क्याफे खोल्ने योजना बनाएका थिए । त्यसपछि गुरुङले गण्डकी प्रदेशमा २५ शाखा र पोखरामा मात्रै १५ वटा शाखा संचालन गरेका छन् ।

गण्डकी प्रदेशमा बढी रुचाइएपछि हामीले पनि प्रदेश १ मै पहिलो शाखाको रुपमा क्याफे संचालमा ल्याईएको ज्ञान गुरुङले बताउनुभयो ।

क्याफे परिवारिक स्वच्छ शान्त बातावरणमा रहेका कारण धुम्रपान र मध्यपान रहित हुने क्याफेले जनाएको छ । क्याफेको सम्पुर्ण खानेकुरामा माघ १० गतेसम्म १० प्रतिशत छुटको व्यवस्था रहेको विराटनगर शाखाका संचालक दिपक चौधरीले जानकारी दिनुभयो ।

क्याफेमा विभिन्न आकर्षक कम्बोमा कपल कम्बो,पिज्जा कम्बो, बर्गर कम्बो आदि परिकारहरु सुपथ मूल्यमा गुणस्तरीय खानेकुरा पाउनुका साथै विदेशी ब्रान्ड केएफसीका जस्ता परिकार उपलब्ध हुने ‘हट एण्ड स्पाईसी’ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्