काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।
श्रममन्त्री डोलप्रसाद अर्याल बन्ने भएका छन् भने शिक्षा मन्त्रीमा शिखिर खनालको नाम टुंगो लागेको छ।
यसैगरी डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन् । यसअघि नै लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।