भोजपुरबाट चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

<span class='c1'>भोजपुरबाट चार जना बालिकालाई यौन दुर्व्यवहार</span> <span class='c2'>गरेको अभियोगमा एक जना पक्राउ</span>

भोजपुर । भोजपुरमा चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ।

१३ वर्षीया २ जना र १५ वर्षीया २ जना बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा हतुवागढी गाउँपालिका-३ सिद्राङ बस्ने ३७ वर्षीय पुर्ण कुमार राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले विभिन्न मिति, समय र स्थानमा ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको भन्ने छुट्टाछुट्टै उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्