मन्त्रालय विभाजनमा जनमत पार्टीको असन्तुष्टि

<span class='c1'>मन्त्रालय विभाजनमा जनमत</span> <span class='c2'>पार्टीको असन्तुष्टि</span>

काठमाडौँ । जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीका रुपमा पदबहाली गर्न अस्वीकार गरेको छ ।

गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीका रुपमा जनमत पार्टीका तर्फबाट अब्दुल खानले सपथ लिनुभएको थियो ।

“हाम्रो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको थियो”, पार्टीका उपाध्यक्षसमेत रहनुभएका खानले भन्नुभयो, “सहमति विपरीत खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि अस्वीकार गरिएको हो ।”

सत्तारुढ गठबन्धनले आफ्नो पार्टी अध्यक्षसँग सल्लाह र छलफल नगरी मन्त्रालय परिवर्तन गरिनु राम्रो नभएको र यसले मधेस क्षेत्रलाई नै बेवास्ता गरेको अनुभव भएपछि खानेपानी मन्त्रीका रुपमा पदबहाली नगरेको उहाँले स्पष्ट पार्नुभयो ।

उपाध्यक्ष खानले मन्त्रालय फेरिएकाबारे सर्वदलीय बैठकमा कुरा उठाउने र जिम्मेवारी लिने वा नलिनेबारे पार्टीले निर्णय गर्ने बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्