प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै

<span class='c1'>प्रतिनिधिसभा बैठकबाट सभामुख</span> <span class='c2'>चयन हुँदै</span>

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ ।

प्रतिनिधिसभाको आजको वैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने हुनुहुन्छ ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला हुनुहुन्छ । बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आ-आफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गर्नुहुनेछ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्