काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाले सन्यासको घोषणा गरेका छन् ।
दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने आमलाले ३९ वर्षको उमेरमा क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
उनले १ सय २४ टेस्टमा ९ हजार २८२ रन बनाएका थिए ।
उनले सन् २००४ देखि २०१९ सम्म दक्षिण अफ्रीकाका लागि खेल्दा सबैखाले फम्र्याटमा १८ हजार ६ सय ७२ रन बनाएका छन् ।
अमलाले दक्षिण अफ्रीकाका लागि १ सय ८१ एकदिवसीय र ४४ टी–२० अन्तराष्ट्रिय खेल खेलेका थिए ।
आमलाले तीन वर्ष अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।