पोर्चुगलमा नेपालीका समस्या बुझ्नु मेरो दायित्व हो

पोर्चुगलमा नेपालीका समस्या बुझ्नु मेरो दायित्व हो

युरोप (पर्वत जिल्लाको सदरमुकाम कुशमामा जन्मिएका बिक्की सुवेदी हाल पोर्चुगल बस्छन् । सुबेदी करिब एक दशकदेखि व्यवसाय गदै आएका छन् । उनी पोर्चुगलकै कान्छा नेपाली व्यवसायिको रुपमा चिनिन्छन्। यहाँसम्म आइपुग्दा बिगत सम्झदै उनले सुरुवाती दिनमा आफुले धेरै संघर्षरतः जिवन ब्यतित गरेको हुनाले अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीले आफुले जस्तो दुःख भोग्न नपरोस भन्ने उद्देश्य रहेको बताए । शान्त र शालिन स्वभावका सुबेदीले पोर्चुगल आएबाट नै समस्यामा परेका नेपाली तथा एसियनहरुलाई सहयोग गर्दै आएको बताए ।
सूचना प्रबिधि आइटी अध्ययन गरेका सुबेदी नेपालमै धेरै अवसर हुँदाहुँदै पनि देशमा चलिरहेको राजनीतिक अस्थिरताले आफू जस्तै धेरै युवालाई देश छोड्न बाध्य बनाएको सम्झन्छन् । आजको आवश्यकता देखेर सूचना प्रबिधि अध्ययन गरेका सुवेदीले सुरुवाती दिनमा कयौं समस्यासँग जुधेर हाल सफलता हात पारेको बताए । आफ्नो एग्रीकल्चर कम्पनी संचालन संगसंगै हाल सहायता केन्द्रका अध्यक्ष समेत रहेका उनले सहायता केन्द्र को माध्यमबाट विभिन्न समस्यामा परेका पोर्चुगलमा रहेका आप्रवासीहरुलाई सहयोग गर्दै आएका छन् । पोर्चुगलमा भएको झन्झटिलो कागजी प्रकृया तथा विभिन्न कारणबाट आएका आप्रवासीहरुको समस्यालाई पोर्चुगलको सरकारी निकायसम्म पुगेर नै समाधान गर्ने गरेका सुबेदी एनआरएनए क्षेत्रीय समिति ओलेन्तेजोका उपाध्यक्ष पनि हुन् । उनै व्यवसायी तथा समाजसेवी सुबेदीले पोर्चुगलमा नेपालीहरुका समस्या समाधान गर्न कसरी सकिन्छ भन्ने विषयमा पोर्चुगलका राष्ट्रपतिसँग भेट समेत गरेका छन । समाजसेवी सुबेदीसंग उमा थापाले युरोपबाट गरेको संक्षिप्त कुराकानी :

हाल के मा व्यस्त हुनुहुन्छ ?
आफ्नै कम्पनि संचालन साथसाथै विभिन्न डकुमेन्टेसनको समस्यामा परेका नेपाली तथा आप्रवासीहरुलाई सहयोग गर्न मै व्यस्त छु ।

तपाइले आफ्नो कार्यक्षेत्र पोर्चुगल नै रोज्नुको कारण र पोर्चुगल आएपछि गर्नुभएका कार्यहरु के कस्ता छन् ?
युरोपमा पढ्न तथा रोजगारीको शिलशिलामा नेपालीहरु आउने गर्छन । युरोपको सेन्जेन देशहरु मध्ये पोर्चुगलले आप्रबासीहरुको मामलामा अलि उद्दारता देखाएको छ । यहाँ प्रवेश गरेसंगै पेपरका केही प्रकृयाहरु पुरा गरेपछि अस्थायी बसोबास तथा कामको लागि अनुमति दिने र कर तिर्दै गएपछि केही निश्चित समयपछि अस्थायी रेसिडेन्सी कार्ड दिने साथै त्यो कार्ड पाएको ५ वर्ष पछि परमानेन्ट रेसिडेन्सी तथा राहदानी नै लिन निवेदन गर्न सकिने भएकोले सबैको चाहना युरोपको पिआर बनाउने, धन आर्जन गने उदेश्य अनुरुप पोर्चुगल नै कार्यक्षेत्र बन्न पुग्यो ।
पोर्चुगल आएपछि केही साथीहरुसँग मिलेर एग्रीकल्चर कम्पनि खोलियो र एग्रीकल्चरमा विभिन्न कामहरुमा कामदारहरु लगाइयो । मैले संचालन गरिरहेको ९ उयधभच ाग िउचष्वm मिब ० कम्पनि सम्म आइपुग्दा साथीहरुसंग मिलेर ३ वटा कम्पनिहरु संचालन गरियो । जसमा ३ वटै कम्पनिमा गरेर तीन हजारको हाराहारीमा एसियन लगायत विभिन्न देशका कामदारहरुले प्रत्यक्ष रोजगारी पाएका छन् ।
आफ्नो व्यवसाय संगसंगै नेपाली मात्र नभए र विभिन्न समस्यामा परेका आप्रबासीहरुलाई सहयोग गर्दै आएको छु । उद्धार गर्दै आइरहेको छु । हामी नेपाली भन्ने मुलनाराका साथ एनआरएन मार्फत संस्थागत सहयोग उद्धारका कार्यहरु गर्दै आइरहेका छौं । र अजष्  हेल्प डेक्स इन पोर्चुगल हेल्प डेक्स इन पनि संचालन गरिरहेको छु ।

हेल्प डेक्स इन पोर्चुगल संचालन गर्नुको कारण के हो ?
आफु पोर्चुगल आउँदा ताका परेको कागजी समस्या सम्झदै यसरी समस्यामा परेकालाई कसरी सहज र समस्या मुक्त गर्न सकिन्छभन्ने सोच्ने गर्थे । त्यही भावनाले पनि मलाई समाजसेवातर्फ उन्मुख गराए जस्तो लाग्छ । पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भनेको भाषा हो । यहाँ हरेक कार्यलयहरुमा भाषा बिना कुनै काम गरिदिदैन । कि भाषा जान्ने लिएर आइज कि भाषा सिकेर आइज भनेर काममा अल्झन लगाईदिन्छ । आफ्नो भाषाप्रति पोर्चुगिसहरु कठोर छन् ।
अर्को कुरा आप्रवासीहरुले मिलाउनु पर्ने कागजी प्रकृयाहरु (डकुमेन्टेसन) जथाभावी हुनुले पनि धेरैजना समस्यामा परेका छन् । यहाँ केही व्यतिहरु केही संस्थाहरु डकुमेन्टेसनको काम गर्ने भएता पनि कतिले चाहीँ हो हो रे को भरमा अनुभव बिहिनहरुले गर्ने गरेको, कानुनी मापदण्डमा चाहिने कागजप्रत्रहरु नमिलाई दिने कारण धेरैले समस्याहरु भोगिरहेका छन् ।साचो कुरा नबताइदिने ,सहिकागजपत्र नमिलाई दिने तथा नयाँ आउनेहरु ठगिने गरेको यस्ता धेरै गुनासोहरु आइरहेका कारण कानुनी मापदण्डमा रहेर बिश्वासिलो भरपर्दो ,छिटोछरितो र सहज सेवा प्रदान गर्नेको लागि हेल्प डेक्स इन पोर्चुगल नै खोलेर आप्रवासीहरुको डकुमेन्टेसन तथा पोर्चुगलका विभिन्न सरकारी निकायहरुमा पर्ने समस्यालाई सरकारी निकायमै पुगेर न्युनिकरण तथा समाधान गर्नको लागि सहयोग मिलोस भन्ने हेतुले कार्यहरु गदै आइरहेको छु साथै मैले संचालन गरेको छु । हेल्प डेक्सले दिने सेवाहरु यस्ता छन ।
(अनुमति सहित सहजै प्रबेशको वातावरण बनाउन लिगल इन्ट्री लिने ।
(फिनान्सका सोसल अफिसका सम्पूर्ण कामहरू सहज रूपमा गराउने ।
(बसोबास अनुमति तथा कार्डका लागि सेफ इन्ट्री गर्न ।
– फिनान्स, सोसल, अस्पताल, फुन्दो, सेफ लगायतमा समय अनुमति लिन ।
– नेपाल लगायतका विभिन्न मुलुकबाट पोर्चुगल आई समस्यामा परेको नागरिकको प्रहरी रिपोर्ट लिन ।
– पारिवारिक भिसाको लागि अन्तवार्ताको समय निर्धारण गर्न र आधिकारिक कागजात तयार पार्न ।
– बालबालिकाको विद्यालयमा भर्ना गर्ने प्रयोजनका लागि ।
– ब्यापार ब्यावसाय दर्ता प्रकृयाका लागि ।
– कागजात अनुवाद र प्रमाणिकरण गर्न ।
– सरकारी कार्यालयमा भाषाको समस्यामा परेकाहरुलाई सहयोग गर्न ।
– आप्रबासीहरुको बैक खाता खोल्न तथा कारोबार गर्ने प्रयोजनका लागि सहयोग ।
– सेन्जेन भित्रका देशहरुका दुतावासहरुसँगको समन्वय र बिभिन्न समस्यामा परेका आप्रबासीहरुको समाधानका लागि दुतावासहरुसँग समन्वयको भुमिका संस्थाले निरन्तर रुपमा गरिरहेको छ ।
– उल्लेखित सेवाहरुलाई सहज रुपमा नागरिकले लिन सकुन भन्ने उद्देश्यले संस्थाले कानुन ब्यवसायी, डाक्टरी तथा विद्यायलका लागि परामर्श लगायतको सेवा प्रदान गर्दै आएको विक्कीले बताए ।

यी सबै कार्यहरु गर्ने आट कसरी गर्नुभयो ?
पहिलो कुरा त भोगाइ नै हो । त्यही भोगाइ संगसंगै सिकाइ र पढाई हो ।भाषा पढे, यहाको कानुन बारे अध्ययन गरे , काम कै शिलशिलामा यहाको सरकारी वकिलसङ रहेर केही समय सहयोगी बनेर काम गर्ने अवसर पाए । त्यही काम गने दौरानमा यहाको कानुनी प्रकृयाको बारे अझ धेरै बुझ्ने सौभाग्य मिल्यो । त्यो अवसर वा सौभाग्य नै आज विभिन्न निकायहरुमा टेवलटक गर्नको लागि सम्भब भएको छ ।यहीँ भएर पनि होला धेरैको समस्याको समाधान गरेर मन जित्न सकेको छु र सेवा गर्ने अवसर पाइरहेको छु।

पोर्चुगलमा आप्रवासीहरुको कस्ता कस्ता समस्या छन् ?

अलि पहिले तिर कामको समस्या थियो । अस्थायी रेसिडेन्सी कार्ड ९त्च्ऋ० पाउनको लागि पनि ३,४ वर्ष लाग्थ्यो । अहिले पहिले भन्दाहरेक कुरामा सहज बनेता पनि आप्रवासीहरुको चापले गर्दा बस्ने घरको ठूलो समस्या छ । पहिले कार्ड पाउछ कि पाउदैन भनेर सोच्नु पर्थो अहिले बस्न घर पाउँछ कि पाउदैन भनेर सोच्न पर्ने दिन आएको छ । पहिलेको तुलनामा दोब्बर रकममाथी घर रुममहरु तिर्नुपर्ने भएको छ। महंगिको अनुपातमा सेलरीको बृदि भने अति नै न्युन छ ।
यहा आप्रवासी हेर्ने सरकारी निकाय सेफ बाटै जिल्ला अनुसार आ आफ्नो फरक फरक डिसिजन गर्ने गरेको कारण कहा कस्को कसरी काम हुने भन्नेमा पनि अन्योल रहेको छ ।

अझ अहिले त पोर्चुगलमा इलिगल बाटो हुदै आउनेको लस्कर नै छ । रातारात महिना दिन लगाएर आउने गर्छन् । त्यसरी आउदा बाटोमा पासपोर्टहरु पुलिसले समाइ दिने, कति आफैले फ्याकेर, च्यातेर आउने हुदा पोर्चुगल आइसके पछि विभिन्न समस्यामा पर्ने गर्छन् ।
पोर्चुगलमा नेपाली राजदुतावास नहुनाले र फ्रान्स स्थित राजदुतावासले हेर्ने भएकोले अहिले इ– एबककउयचत ले झनै गाह्रो बनाएको छ। पासपोर्ट बनाउन स्वयम मान्छे नै फ्रान्स पुन्नु पर्ने हुन्छ । तर उनि हरुसंग कुनै आधिकारिक डकुमेन्ट नभएको कारण फ्रान्स राजदुतावाससम्म जान सक्दैनन् । अ‍हिले यो बिकराल समस्याको रुपमा आइरहेको छ ।

पछिल्लो समय रास्ट्रपति सग किन भेट्नु भयो ?
पोर्चुगलमा रहेका नेपालीहरुको समस्या समाधान गर्ने उदेश्य राखेर मैले रास्ट्रपति संग ःबचअभयि च्भदभयि मभ क्बगकब भेट गरेको हु ।तर सबैभन्दा पहिले हामी नेपालीहरु नै एकजुट हुन एकदम जरुरी छ । किनभने यहा मान्छे पिच्छेका फरक फरक कुराले नया आउनेहरु ब्यक्ति हरुले कस्को कुरा बिश्वासगर्ने रु सहि सुचना प्रवाह नहुदा मनगणन्ते सुचना प्रवाह भैदिनाले नयाँहरुलाई उचित परामर्श नदिई फसाइदिने ,कानुनी प्रकृयाबाट कामनगरी दिने काम गरे जस्तो बाहानामा पैसा लिने तर काम नै नगर्ने तथा सम्पर्क बिहिन भैदिने प्रवृतिबाट धेरैले दुस्ख पाइरहेका छन् ।नेपालीहरुको समस्या सुन्ने निकाय राजदुतावास पोर्चुगलमा छैन । ४० हजार भन्दा माथी नेपालीहरु रहेको देशमा राजदुतावास नहुनुनेपाल सरकारको लागि पनि लज्जास्पद बिषय हो । हामीहरुले एनआरएनए लगायतका संस्थाहरुबाट संस्थागत रुपमा पनि धेरै पटक ज्ञापन प्रत्र बुझाइ सकेको भए पनि कुनै चासो दिइएको छैन । राजदुतावासका लागि पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराएपनि कुनै प्रतिक्रिया नपाएकोले मैले रास्ट्रपति सग भेटेर यिनै समसामयिक विषय संग कुरा गरेको हु ।

 पोर्चुगलका रास्ट्रपति को कस्तो प्रतिक्रिया पाउनु भो ?
प्रतिक्रिया एकदमै सकारात्मक पाएको छु । मैले आट गरेर पोर्चुगलका राष्ट्रपति ःबचअभयि च्भदभयि मभ क्यगकब सङ भेटघाट गरे ।म भन्दा अग्रजहरुले पनि ब्यवसाय गरिरहनु भएको छ। उहाहरुले पनि नेपालीहरुको समस्या रास्ट्रपति लाई नै भेटेर राख्नु भएको त हो तर उहाले खासै उद्धारता देखाएको पाइन र फेरि मैले एकपटक प्रयास गरेर उहा संग भेटेर समस्या राखे भने केहि मात्रामा भए पनि सहयोग पाउछु भन्ने सोचे र भेटघाटमा पोर्चुगलमा भएका नेपालीहरुको समस्याको समधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा कुराकानी गरे। करिब ४०र५० हजार नेपालीहरु बसोबास गर्ने पोर्चुगलमा नेपाली राजदुतावास नहुदा आप्रवासी नेपालीहरू समस्यामा रहेको बारे जानकारी गराउदै पोर्चुगलमा पनि नेपालीराजदुतावास कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा राष्ट्रपति संग कुरा भएको छ ।उहाँ आप्रवासीको सिलसिलामा एकदमै सकारात्मक हुनुन्छ र आफ्नो तर्फबाट गर्नसक्ने सहयोग गर्छु भन्ने आश्वासन पनि दिनुभएको छ ।आशा गरौ छिटोभन्दा छिटो बाचा पुरा गर्नु हुने छ भन्ने मलाई बिश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्