पोलभाडामा पुनर्विचारको मागसहित केवल व्यवसायीले ऊर्जामन्त्री लिङ्देनलाई बुझाए ज्ञापनपत्र

<span class='c1'>पोलभाडामा पुनर्विचारको मागसहित केवल व्यवसायीले</span> <span class='c2'>ऊर्जामन्त्री लिङ्देनलाई बुझाए ज्ञापनपत्र</span>

काठमाडौं । पोलभाडामा पुनर्विचारको मागसहित नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको प्रतिनिधिमण्डलले ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको उपस्थितिमा ज्ञापनपत्र बुझाएका हुन् ।

सोमबार केवल व्यवसायीको राष्ट्रिय भेलाले उठाएका विषयहरूलाई ज्ञापनपत्रमा समेटिएको छ । व्यवसायीले पोलभाडाको सम्बन्धमा प्राधिकरणले इन्टरनेटसरहको व्यवहार गर्न नमिल्नेमा जोड दिएका थिए ।

केवल व्यवसायीले उपभोक्तासँग न्यूनतम शुल्क लिएर घरघरमा टेलिभिजन सेवा पुर्‍याउँदै सूचनाको हकको प्रत्याभूति गराइरहेको बताए ।

व्यवसायीको मागमा ऊर्जामन्त्री लिङदेनले सकारात्मक जवाफ दिएका छन् । उनले केवल र इन्टरनेटलाई फरक तरिकाले हेर्नुपर्नेमा सहमत देखिएका छन् । मन्त्री लिङ्देनले आजै कार्यकारी निर्देशक घिसिङसहित व्यवसायीसँग थप छलफल गर्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्