संखुवासभाबाट आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

संखुवासभाबाट आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

विराटनगर । संखुवासभामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्