वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन

<span class='c1'>वरिष्ठ नेत्र चिकित्सक</span> <span class='c2'>सन्दुक रुइतलाई अभिनन्दन</span>

काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले उहाँलाई सम्मान गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले स्वास्थ्य क्षेत्रमा रुइतले गरेको मेहेनत र क्रियाशिलताका कारण उहाँले प्राप्त गरेको पुरस्कारले सम्पूर्ण नेपालीको गौरव बढाएको बताउनुभयो ।

स्वदेश तथा विदेशमा रहेका बिरामीलाई उपचार गरेर सामाजिक सेवामा डा रुइतले देखाएको कर्मबाट सबैले प्रेरणा लिनुपर्ने बताउँदै उहाँले सरल स्वभावकारुइतको सुखमय जीवन र थप प्रगतिको कामना गर्नुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्धकारमा छटपटिएका बिरामीलाई ज्योति प्रदान गर्नुभएका डा रुइतले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउनुभयो । काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले उहाँको सामाजिक विकास तथा माननवीय सेवाको भावना अतुलनीय रहेको बताउनुभयो ।

हालै बहराइनबाट दिइने इशा अवार्ड प्राप्त गर्न डा रुइत छनोट हुनुभएको छ । जसको राशि १३ लाख अमेरिकी डलर बराबरको छ । अन्तर्राष्ट्रिय तहमा ठूलो पुरस्कार प्राप्त गर्न लाग्नुभएका उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्