धनुषामा राष्ट्रियस्तरको महिला हक्की प्रतियोगिता हुने

धनुषामा राष्ट्रियस्तरको महिला हक्की प्रतियोगिता हुने

धनुषा । धनुषाको नक्टाझिजमा पहिलो पटक राष्ट्रियस्तरको पाँचौँ संस्करणको साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता हुने भएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधामदेखि उत्तरी भेगमा पर्ने मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा यही माघ २३ देखि २८ गतेसम्म राष्ट्रियस्तरको खेल हुने नेपाल हक्की सङ्घले जनाएको छ ।

सङ्घका अनुसार प्रतियोगितामा सातवटै प्रदेश र नेपाल आर्मीको टोलीको सहभागिता रहनेछ । मधेस प्रदेशमा महिला हक्की टोलीलाई उकास्न र महिला सशक्तीकरणमा जोड दिन राष्ट्रियस्तरको खेल मधेस प्रदेशमा ल्याउन सफल भएको हक्की टोली मधेस प्रदेश संयोजक रवीन्द्र सिंहले बताउनुभयो ।

प्रतियोगिता नेपाल हक्की सङ्घ र मिथिला नगरपालिकाको संयुक्त आयोजनामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्