अन्तर्राष्ट्रिय युवा विकास कन्क्लेभ भारतको हरियाणामा सम्पन्न

<span class='c1'>अन्तर्राष्ट्रिय युवा विकास कन्क्लेभ</span> <span class='c2'>भारतको हरियाणामा सम्पन्न</span>

विराटनगर । अन्तर्राष्ट्रिय युवा विकास कन्क्लेभ भारतको हरियाणामा सम्पन्न भएको छ ।

युवा विकास कन्क्लेभमा विराटनगरका युवा चाँद बाबु इराकीले अतिथी बक्ताका रुपमा प्रतिनिधित्व गरेका छन्। कार्यक्रममा युवाहरुको क्षमता विकास , युवाहरुमा भातृत्वको भावनाको विकास गराउनु , युवाद्वारा संचालित संस्थाहरुको क्षमता विकास गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा अमेरिका,मलेसिया,भारत र नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

दिगो विकासको लक्ष्य प्राप्तिका लागि कार्यक्रमलाई अझ बृहत बनाउदै राष्ट्रिय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहसम्म नेतृत्व क्षमताको विकास गर्दै युवाहरुको सहभागितामा बढोतरी गर्दै अघि बढ्नु रहेको थियो ।

नेपालबाट प्रतिनिधित्व गरेका उदयमान युवा इराकीले उक्त कार्यक्रममा युवाका क्षेत्रमा गरेका कामहरु, निरन्तरता र युवाको विकासका लागि गरेको गतिविधि प्रति सम्मान ब्यक्त गर्दै सम्मानित गरिएको थियो ।

कार्यक्रममा बोल्दै युवा इराकीले युवामा आएको नैरस्यतालाई कम गर्न सबै मिलि अघि बढ्नु पर्ने , डिप्रेसनको अवस्थामा रहेका युवाहरुलाई सोबाट निकाल्नका लागि युवामुखी कार्यक्रम गर्दै अघि बढ्न पर्ने बताए।

परिवारले शिक्षकले र समाजले युवाका सम्स्यालाई बुझेर अघि बढ्न पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्