प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ मुख्यमन्त्री हिक्मत कार्कीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ मुख्यमन्त्री हिक्मत कार्कीबीच भेटवार्ता

विराटनगर । प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ मुख्यमन्त्री हिक्मत कार्कीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज(बिहिवार)बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा प्रदेशको मन्त्रालय संख्या घटाएकोमा प्रधानमन्त्रीले आफूलाई धन्यवाद व्यक्त गरेको कार्कीले जानकारी दिए ।

यस्तै प्रधानमन्त्रीसँग आफूले संघीयतालाई बलियो बनाउने विषयमा कुराकानी गरेको समेत कार्कीले बताए । संघीयता बलियो बनाउनका लागि निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन छिटो ल्याउन आवश्यक रहेको मुख्यमन्त्री कार्कीले भनेका थिए । जवाफमा प्रधानमन्त्रीले प्रदेश सरकारलाई बलियो बनाउने कुरामा आफू प्रतिबद्ध रहेको र अधिकार दिने कुरामा आफ्नो तर्फबाट पहल भइरहेको बताएका थिए ।

प्रदेश १ सरकार गठन भएको एक महिना पुग्न लागेको छ । गत पुस २५ गते गठन भएको प्रदेश १ सरकारमा ६ मन्त्रीसहित ७ सदस्यीय मन्त्रीमण्डल रहेको छ । ९ मन्त्रालय रहने औपचारिक निर्णय गरिसकेको प्रदेश सरकारमा थप दुई मन्त्री नियुक्ति हुन बाँकी छ । सो विषयमा पनि छलफल भएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्