प्रदेश १ सरकार : न आय, न त पूँजीगत खर्च

प्रदेश १ सरकार : न आय, न त पूँजीगत खर्च

विराटनगर । प्रदेश १ सरकारको आन्तरिक आयमा लक्ष्य अनुसारको प्रगति देखिएको छैन । जसको असर चालू आर्थिक वर्षका लागि निर्धारण गरेको अनुमानित बजेटमा देखिने भएको हो ।

प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांक अनुसार वार्षिक लक्ष्यको तुलनामा आयको अर्धवार्षिक प्रगति २६ दशमलव ५० प्रतिशत मात्रै छ । संघीय सरकारबाट राजस्व बाँढफाँडबाट प्राप्त हुने (मूल्य अभिबृद्धि कर र अन्तशुल्क) समेत लक्ष्य भन्दा कम देखिएको छ । वार्षिक लक्ष्य ११ अर्ब ८८ करोड २४ लाख अनुमान गरिएकोमा अर्धवार्षिक समावधीमा २६.५० प्रतिशत मात्रै प्राप्त भएको छ । लक्ष्य भन्दा कम ३ अर्ब १४ करोड ८९ लाख १० हजार मात्रै देखिएको छ ।

आन्तरिक आय र बेरुजू, निकासा, अनुदान फिर्ता समेत गरी प्रदेश सरकारले प्राप्त गर्ने वार्षिक लक्ष्य ४ अर्ब ९८ करोड ४५ लाख थियो । अर्धवार्षिक अवधीमा ३२.८० प्रतिशत मात्रै छ । अर्धवार्षिक असुली १ अर्ब ६३ करोड ५३ लाख ४२ हजार रुपिँया प्रगती देखिएको हो ।
यस्तै संघीय सरकार अनुदान अनुमान नजिक देखिएको छैन । चार अर्ब ६८ करोड ९९ लाख ६६ हजार अनुमान गरिएकोमा २४ दशमलव ५५ प्रतिशत मात्रै प्रगति देखिएको छ । वार्षिक लक्ष्य १९ अर्ब ९ करोड ९१ लाख रुपिँया अनुमान गरिएको थियो ।
प्रदेश सरकारले ल्याएको ३९ अर्ब ७३ करोड ८३ लाख बजेटमध्ये जम्मा वार्षिक आम्दानीको लक्ष्य ३५ अर्ब ९६ करोड ६० लाख रुपिँयाको थियो । तर, पुस मसान्तसम्ममा तीन शिर्षकमा ९ अर्ब ४७ करोड ४२ लाख १८ हजार मात्रै प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको तुलनामा २६.३४ प्रतिशत असुली हो ।

पूँजीगत खर्च निराशाजनक
प्रदेश सरकारको अर्धवार्षिक विवरण अनुसार पूँजीगततर्फ हालसम्म १९.२७ प्रतिशत मात्रै खर्च भएको छ । पूँजीगततर्फ २२ अर्ब ९९ करोड ९४ लाख रुपिँया विनियोजन भएकोमा अर्धवार्षिक अवधीमा ४ अर्ब ४३ करोड १६ लाख रुपिँया मात्रै छ । चालूतर्फ विनियोजन भएको बजेट १६ अर्ब ७३ करोड ८९ लाखमध्ये ५ अर्ब ४५ करोड ६७ लाख रुपिँया खर्च भएको छ । यो ३२ दशमलव ६ हो । पूँजीगत र चालुतर्फ ९ अर्ब ८८ करोड ८३ लाख अर्थात् २४.८८ प्रतिशत खर्च भएको छ ।

प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपुरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अुनमान गरेको थियो । राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख, वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने बिनियोजित बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्