मोरङ सुन्दरहरैंचाको पिएलओकोे शेयर निष्काशन र बिक्रीका लागि प्रभु क्यापिटल प्रवन्धकमा नियुक्त

मोरङ सुन्दरहरैंचाको पिएलओकोे शेयर निष्काशन र बिक्रीका लागि प्रभु क्यापिटल प्रवन्धकमा नियुक्त

विराटनगर । पूर्वाञ्चल ल्यूव आयल प्रा.लि. (पिएलओ) ले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ५ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो । जसमध्ये १० प्रतिशत प्रभावित क्षेत्रको रुपमा सुन्दर–हरैंचा नगरपालिकाका स्थानीयका लागि सुरक्षित गरिएको छ । त्यस बाहेक १० प्रतिशत कर्मचारी र बाँकी चारलाख कित्ता संस्थागत लगानीकर्ता र सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।

यसका लागि अल्फा प्लस भेन्चर्स लिमिटेडसँग लगानी सम्झौता समेत गरिएको छ । जसको सम्झौता समेत बुधबार नै गरिएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बुधबार बेलुका ८ बजे नियुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । पूर्वाञ्चल ल्यूब आयलका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका तर्फबाट प्रवन्ध सञ्चालक दीनेश थकालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सुन्दरहरैँचा ९ मोरङ विराटचोकमा कार्यालय रहेको पूर्वाञ्चल ल्यूब आयलले बिगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा उपलब्ध गराउँदै आइरहेको छ । हाल देशभर ९३ भन्दा बढी डिलर र एघार हजार भन्दा बढी खुद्रा व्यापारी कम्पनीमा आबद्ध छन् । २ लाख भन्दा बढी ग्राहकले कम्पनीका उत्पादन प्रयोग गरिरहेको बताइएको छ ।

विदेशी लुब्रिकेन्टलाई बिस्थापन गर्ने सोचसहित कम्पनीले पिएलओ ब्राण्डमा विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आइरहेको छ । कम्पनीले संस्थागत लगानीकर्ता र शेयर निष्काशन र बिक्रीका लागि प्रभु क्यापिटललाई प्रवन्धकमा नियुक्ति गरेसँगै आगामी साउनमा खुल्ला गर्ने भएको हो । देशमै पहिलो निजी कम्पनी पब्लिक लिमिटेडमा गएर शेयर निष्काशन गर्ने अवस्थामा पुगेको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि पिएलओका प्रवन्धक सञ्चालक भोलेश्वर दुलालले आफ्नै मेहनतले स्थापना गरेको उद्योग पब्लिक लिमिटेडमा गएर सर्वसाधारणलाई हिस्सेदार बनाउन पाउँदा खुशी लागेको बताएका थिए । उनले यस अगाडीको सञ्चालक समिति पूर्ण रुपमा भङ्ग भएको जानकारी दिएका छन् । अब पब्लिक लिमिटेडका आधारमा नयाँ सञ्चालक समिति गठन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्