आदर्श र नाडेप लघुवित्तले घोषणा गरे लाभांश

<span class='c1'>आदर्श र नाडेप लघुवित्तले</span> <span class='c2'>घोषणा गरे लाभांश</span>

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन् ।

दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

आदर्श लघुवित्तले २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद गरी कूल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल लघुवित्त संस्थाको चुक्ता पुँजी रु दुई करोड सात लाख छ ।

यस्तै, नाडेप लघुवित्तले १० दशमलव ५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६ प्रतिशत नगदको प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी रू ४८ करोड ५७ लाख ६० हजार छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्