सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा

सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि पूर्व कप्तान सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ ।

यसअघिको २८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको क्यानले सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरेको हो ।

बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछानेलाई क्यानले बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको हो । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका सन्दीप उच्च अदालत पाटनको आदेशबाट धरौटीमा छुटेका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि यसअघि नेपाल क्रिकेट संघ क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको थियो ।

दोस्रो चरणमा कूल २० खेलाडी राख्दा २ नयाँ खेलाडी थपिए भने पहिलो चरणबाट १० खेलाडी बाहिरिएका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्