राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने

<span class='c1'>राष्ट्रिय स्वतन्त्र पार्टी</span> <span class='c2'>तत्काल सरकारबाट नबाहिरिने</span>

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएकाे छ ।

आज बसेकाे केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेकाे पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

आजको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्देश पठाएर सहमतिका लागि दुई दिनको समय मागेकाले दुई दिन कुर्ने निर्णय भएको ढकालले बताए ।

नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट फिर्ता आउने चेतावनीसमेत दिएको थियो ।

वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्