दुहबीबाट लागुऔषध गाँजा सहित ५ जना पक्राउ

दुहबीबाट लागुऔषध गाँजा सहित ५ जना पक्राउ

सुनसरी । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गमा लागुऔषध गाँजा सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट विराटनगर तर्फ आउदै गरेको को.२ ह ३०४४ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो ।

टेम्पोमा गाँजा बरामद भए संगै अटो चालक इटहरी उपमहानगरपालिका-११ का ३७ बर्षीय महमद हजरत अली, उक्त टेम्पोमा सवार रहेका इटहरी-१३ का १९ बर्षीय आकाश पटेल र २७ बर्षीय आसिस पटेललाई पक्राउ गरेको हो भने अनुसन्धानको क्रममा संलग्न रहेका इटहरी-१२ का २७ बर्षीय अरुण कुमार सरदार र देवानगंज गाउँपालिका-५ का २३ बर्षीय मिथिलेस यादब समेतलाई पक्राउ परेका छन्।

घटना बारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्