दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले

<span class='c1'>दशौँ महाधिवेशनको स्मारिका</span> <span class='c2'>प्रकाशन गर्दै एमाले</span>

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहमा सम्पन्न भएको थियो ।

महाधिवेशनका दूरगामी प्रभाव, सो पार्टीका जीवन र राष्ट्रिय राजनीतिमा लामो समयसम्म अनुभूत भइरहने निचोेड महाधिवेशनको मूल व्यवस्थापन समितिले निकालेको छ ।

विभागका सचिव गगन विष्टले स्मारिका प्रकाशनको बाँकी कामलाई सम्पन्न गर्ने, मुखपत्र ‘नवयुग’ पत्रिकालाई नयाँ तालिकाबमोजिम प्रकाशनको तयारी गर्ने र प्रचार भेला गर्ने तयारी भएको बताउनुभयो ।

उहाँले पत्रिकालाई सैद्धान्तिक पत्रिकाका रूपमा चौमासिकरूपमा प्रकाशन गरिने जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2