साफ यु–२० महिला च्याम्पियनसीप : नेपाल बङ्गलादेशसँग पराजित

<span class='c1'>साफ यु–२० महिला च्याम्पियनसीप</span> <span class='c2'>: नेपाल बङ्गलादेशसँग पराजित</span>

काठमाडौँ । साफ यु–२० महिला च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले समान एक÷एक गोल गरिन् ।

यता नेपालका लागि भने मनमाया दमाईले एक गोल फर्काइन् । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भूटानको सहभागिता रहेको छ ।

अब नेपालले आफ्नो दोस्रो खेल आइतबार भूटानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्