विश्व क्यान्सर दिवस : विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइयो

<span class='c1'>विश्व क्यान्सर दिवस : विभिन्न</span> <span class='c2'>चेतनामूलक कार्यक्रम गरी मनाइयो</span>

विराटनगर । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ नेपालमा क्यान्सर सम्वन्धी विभिन्न सचेतना कार्यक्रम आयोजना गरि विश्व क्यान्सर दिवस मनाएको छ ।

नेपाल क्यान्सर रिलिफ सोसाइटीले काठमाडौँमा शनिबार र्र्याली सम्पन्न गरेको छ।

विश्वव्यापी महामारीका रुपमा रहेको क्यान्सर विरुद्ध लड्न विश्व समुदाय एकजुट हुने उदेश्यले प्रत्येक वर्ष फ्रेबुअरी ४ मा विश्वभर क्यान्सर दिवस मनाईने गरिन्छ ।

नेपाल क्यान्सर रिलिफ सोसाइटीका अध्यक्ष महेश श्रेष्ठले विकसित राष्ट्र र मध्यम र कम विकसित राष्ट्रवीच क्यान्सर रोगबाट अल्पायुमा हुने मृत्युदरको खाडल ठूलो भएको बताए । अध्यक्ष श्रेष्ठले यो हेरचाहको अन्तर कम गर्नु आजको चुनौती भएकाले सबै मिलेर हेरचाहमा समानता खोज्नु पर्नेमा जोड दिए। स्वास्थ्य उपचारमा हुने पहुचमा कमी, आधुनिक प्रविधिको अभाव, आयश्रोतमा कमी, शिक्षा तथा प्रचारमा कमी, जीवनशैली तथा अन्य अभाव र असमर्थताका कारण मृत्युदर बढी भएको हो। श्रेष्ठले विश्वको जुनसुकै कुनामा रहेपनि शिक्षा र आर्थिक अवस्थाको स्तर जे जस्तो भएपनि क्यान्सर रोगबाट मानिसको अकाल मृत्युबाट बचाउन सबैले समान निदान र उपचार पाउने सुनश्चितता हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल क्यान्सर सोसाइटीका बोर्ड सदस्यहरु,चिकित्सक, समाजसेवी, स्वास्थ्यकर्मी, विद्यार्थी, ॐ शान्तिका सदस्यहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्