मोरङको बेलबारीमा दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

मोरङको बेलबारीमा दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा आज बिहान भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। भने दुर्घटनामा परी चालकसहित ३ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लु बी ७४ बी जे ५४७७ नम्बरको कार आफैँ अनियन्त्रित भएर आज बिहान ३:३० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी कारमा सवार भारतको सिक्किम वेष्ट सोरेङ घर भएका ६३ वर्षीय प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार घाइते अवस्थाका तामाङको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बिहान ६:२५ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा कार चालक सिक्किमकै ४१ वर्षीय फूर्वा छिरिङ तामाङ, २२ वर्षीय पाल्देन टासी तामाङ र ४३ वर्षीय बालचुक तामाङ घाइते भएका छन्। उनको घाइतेको विराटनगरमै उपचार भइरहेको छ।

मृतक र कार चालक बाबुछोरा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेर इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो।

घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्