गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छ : मन्त्री किराती

<span class='c1'>गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान</span> <span class='c2'>सुरु हुन्छ : मन्त्री किराती</span>

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताउनुुभएको छ । सो विमानस्थलको निरीक्षणपछि उहाँले आफू काठमाडौँ पुुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिनुभएको हो ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक जहाज यहाँ किन आएका छैनन् भन्ने विषयमा आफूले छलफल गर्ने र उडान थाल्ने आश्वासन दिनुुभएको हो ।

नेपाल एयरलाइन्स मात्र नभइ अन्य विमानसेवाको उडानका लागि पनि आफूले पहल गरिरहेको उहाँको भनाइ थियो । श्रीलङ्का भ्रमणमा रहनुुभएका परराष्ट्रमन्त्रीमार्फत कोलम्बो–भैरहवा–कोलम्बो उडानका लागि पनि पहल गरिएको मन्त्री किरातीले जानकारी दिनुुभयो ।प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइएलएस, रुट परमिट, दिल्ली–भैरहवा उडानलगायत विषयमा भारतको सहयोगसम्बन्धी एजेण्डालाई पहिलो प्राथमिकतामा राखी पहल गरिने उहाँको भनाइ थियोे ।

मन्त्री किरातीले यस विमानस्थल सञ्चालनका लागि कूटनीतिक र प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्दै विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने पनि बताउनुभयो । यस विमानस्थलमा नियमित उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै गत पुसमा उडान रोकेका थिए । नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले गत पुस १ र जजिराले पुस ६ गतेदेखि उडान रोकेका हुन् ।

विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान र त्यत्तिकै सङ्ख्यामा अवतरण भएका थिए । सो अवधिमा ३२ हजार यात्रुले सेवा लिएको विमानस्थलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्