टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प प्रभावित क्षेत्र गाजिएनटेपमा लगभग २० लाख जनसङ्ख्या छ । त्यसमध्ये धेरैजसो सिरियाली शरणार्थी रहेका बीबीसीले जनाएको छ ।
भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का राजधानी अङ्कारासहितका क्षेत्र तथा लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ ।
भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरू फसेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन्।
क्षतिको थप विवरण आउन बाँकी छ।