सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो आईपीओमा परेका कुल आवेदनमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि स्वीकृत आवेदन परेको थियो। सोमध्ये १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

कम्पनीले कास्कीको मादी गाउँपालिकाबाट बग्ने मादी नदीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनको अनुमानित प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार भने आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्