प्रहरी महानिरीक्षक युएइ प्रस्थान

<span class='c1'>प्रहरी महानिरीक्षक</span> <span class='c2'>युएइ प्रस्थान</span>

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुख, इन्टरपोलका प्रतिनिधि तथा सरोकारवाला निकायबीच आर्थिक, साइबर, मानव बेचबिखन र आतङ्कवाद जस्ता अन्तरदेशीय अपराधको नियन्त्रणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्