सदनमा बोल्न केदार कार्कीले ठोके टेबल

सदनमा बोल्न केदार कार्कीले ठोके टेबल

विराटनगर । नेपाली काँग्रेसका सांसद केदार कार्कीले सदन सेटिङमा चलेको जस्तै भएको आरोप लगाएका छन् ।

आज (सोमबार) प्रदेशसभाको बैठकमा प्रदेश १ का सभामुख बाबुराम गौतमले मन्त्री परिषदको कार्यविभाजन र जिम्मेवारी सम्बन्धि पत्र पढेर सुनाउदै गर्दा कार्कीले टेबल ठोकेर बोल्ने समय मागेका थिए ।

उनले सोही क्रममा संसदमा शुन्य समयको प्रयोग गर्ने नपाएको भन्दै संसद सेटिङ जस्तो भएको आरोप लगाएका हुन् । उनले प्रदेशसभामा निर्वाचित भएर प्रदेशसभा गठन भएको तीन महिना वितिसक्दा पनि सरकारले विजनेश दिन सकेको भन्दै सभामा संसदहरुले आफ्नो समस्याको बारेमा, निर्वाचन क्षेत्रको जनताको बारेमा कुरा राख्न नपाएको बताए ।

‘आफू निर्वाचित भएर आँउदै गर्दा गरेका वाचाको बारेमा संसदमा शुन्य समयको प्रयोग गर्ने नपाईने,’ उनले भने,‘ संसद सेटिङ जस्तो गरेर शुन्य समय नै हटाएर सांसदहरुले आफ्ना अभिव्यक्ति रोखेर जनता माझ पुर्याउन नसकनु संसदको सेटि जस्तो देखिएको छ । ’

उनले यसलाई कुनै जिल्ला विकास समितिको बैठक जस्तो गरेर सांसदहरुले बोल्ने अधिकार वञ्चित भएको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्