काठमाडौंबाट विराटनगर आउन लागेका यात्रु प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ

<span class='c1'>काठमाडौंबाट विराटनगर आउन लागेका यात्रु</span> <span class='c2'>प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ</span>

विराटनगर । काठमाडौंबाट विराटनगर आउन लागेको एक यात्रुलाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ दुई हजार दरको ४० थान र पाच सय दरको एक सय १४ थान नोट सहित ४७ वर्षीय भारतीय नागरीक महेशभाई रुगनाथभाई कुंडारीयालाई प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका कुंडारीयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको ह्याण्ड व्यागभित्र उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको हो ।

कुंडारीयालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्