चिकित्सक सङ्घमा डा कार्की निर्वाचित

<span class='c1'>चिकित्सक सङ्घमा डा</span> <span class='c2'>कार्की निर्वाचित</span>

काठमाडौं । नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिनुभयो ।

उहाँका निकटत प्रतिद्वन्द्वी डा सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गर्नुभएको छ भने अर्का अध्यक्षका प्रत्यासी डा शिवजी विक्रम सिलवालले एक सय ९० मत पाउनुभएको छ ।

मधेस प्रदेश उपाध्यक्षमा डा नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा प्रशान्त भट्ट निर्वाचित हुनुभएको छ ।

माघ २२ गतेदेखि भएको मतगणना मंगलबार सकिएको हो। यसअघि वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, प्रदेश नं १ उपाध्यक्षमा डा विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

महासचिवमा डा सञ्जिव तिवारी निर्वाचित हुनुभएको छ । सङ्घको सदस्यमा डा अमृत रञ्जन मिश्र, डा किशोर कार्की, डा स्मृति महत, डा सिर्जना विष्ट, डा तेङ्सुसिंह मल्ल र डा योभिन यादव निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्ष डा प्रमोद जोशी, सहकोषाध्यक्ष डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन पनि निर्विरोध निर्वाचित हुनुभएको थियो । निर्वाचनमा कूल १२ हजार आठ सय ३४ मध्ये छ हजार दुई सय ९२ मत खसेको छ । सङ्घको नयाँ नेतृत्वमा लागि गत माघ ६ गते र ७ गते उपत्यका बाहिरका र उपत्यकामा तीन दिन माघ १९, २० र २१ गते उपत्यकामा निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्