स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ

<span class='c1'>स्लोभाकिया पठाइदिन्छु भनी रकम</span> <span class='c2'>ठगी गरेको आरोपमा पक्राउ</span>

काठमाडौँ । स्लोभाकिया पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी स्थाई घर भई अहिले काठमाडौंको सुकेधारा बस्ने वर्ष ३९ की मधुमाया थापालाई प्रहरीले पक्राउ गरेको हो।

उनले लक्ष्मण शाही समेतलाई वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु, स्लोभाकियामा पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा खाना प्याकिङ्को काम लगाईदिन्छु भन्दै आठ लाख ५०हजार रुपैयाँ ठगेको प्रहरीको दाबी छ ।

स्लोभाकियामा मासिक डेढ लाख तलब हुने त्यहाँ जान नौ लाख रुपैयाँ लाग्छ भन्दै उनले पैसा लिएको भन्ने उजुरी परेपछि वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा पक्राउका लागि पत्राचार गरेको थियो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाएको महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्