भारतीय प्रधानमन्त्री मोदीद्वारा अडानीसँगको सम्बन्धको अप्रत्यक्षरूपमा बचाउ

भारतीय प्रधानमन्त्री मोदीद्वारा अडानीसँगको सम्बन्धको अप्रत्यक्षरूपमा बचाउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्योगपति गौतम अडानीसँग घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनामा बुधबार आफ्नो बचाउ गर्नुभएको छ ।

गत महिना अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले लेखा छली गरेको दाबी गरेपछि लगानीकर्ताहरूले अडानी समूहको करिब १२० अर्ब अमेरिकी डलर बराबरको मूल्य गुमाउनुभएको छ ।

प्रधानमन्त्रीको भारतीय जनता पार्टी र मोदीको राजनीतिक विरोधीहरूले अडानीको तीव्र उदयलाई उक्साउन प्रधानमन्त्रीको हात रहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीसँगको निकटस्तताका कारण अरबपति उद्योगीलाई अनुचित तरिकाले ठेक्का पाउन र उचित नियामक निरीक्षणबाट बच्न छुट भएको आरोप विपक्षी नेताले लगाउनेगरेका छन् ।

मोदीले अडानी समूहमाथिको सम्बन्धबारे संसदमा केही नबोलेपनि आफुमाथि लागेका आरोपहरूबारे भारतीय जनताले बुझेको बताउनुभयो । उहाँले सरकारले निष्ठाका साथ काम गरेको बताउनुभयो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, “जनतालाई थाहा छ कि सङ्कटको समयमा मोदी उनीहरूको सहयोगका लागि आएका छन्, उनीहरू तपाईंको गाली र आरोपसँग कसरी सहमत हुनेछन्? “लाखौं मानिसहरूको विश्वास मेरो सुरक्षा कवच हो । यसलाई तपाईंको दुब्र्यवहार र आरोपले तोड्न सकिंदैन ।

विपक्षी भारतीय काङ्ग्रेसका नेता गान्धीले हालै मोदीसँग अडानीको घनिष्ठ सम्बन्धका कारण ‘उहाँको व्यवसायको व्यापक विकास र विस्तार’ भएको बताउनुभएको थियो ।

‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठग’ भन्दै उहाँले ‘निर्लज्ज स्टक हेरफेर र लेखा धोखाधडी योजना’मार्फत् व्यापकरूपमा आर्थिक लाभ लिने गरेको आरोप हिन्डेनबर्गले अडानीलाई लगाएको थियो । अडानीले आफ्नो एकाईको शेयर मूल्यमा कृत्रिम रुपमा वृद्धि गरेको र ‘अफशोर ट्याक्स हेभन’मार्फत स्टकमा पैसा जम्मा गरेको इन्भेस्टमेन्ट ग्रुपले जनाएको छ ।

६० वर्षीय अडानी गत महिनासम्म एसियाका सबैभन्दा धनी व्यक्ति हुनुहुन्थ्यो तर शेयर बजारको उतारचढावले उहाँको व्यक्तिगत सम्पत्तिमा नाटकीय प्रभाव पारेको छ । उतारचढावसँगै फोब्र्सको रियल टाइम अर्बपतिको सूचीमा उहाँ तेस्रोबाट १७ औं स्थानमा झर्नुभएको छ । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्