माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

<span class='c1'>माया खोला हाइड्रोपावरको</span> <span class='c2'>आईपीओ बाँडफाँट</span>

काठमाडौँ । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

बिहिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो। सोमध्ये १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

माया खोला हाइड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्