बिरगञ्जका खड्कालाई काठमाण्डौंमा हत्या गरेको आरोपमा मोरङका थापा पक्राउ

बिरगञ्जका खड्कालाई काठमाण्डौंमा हत्या गरेको आरोपमा मोरङका थापा पक्राउ

विराटनगर । वीरगञ्ज घर भई टोखा बस्दै आएका ध्रुवबहादुर खड्काको हत्या आरोपमा मोरङका ३२ वर्षीय रामबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका खड्कालाई लुटपाट गर्ने क्रममा थापाले हत्या गरेको खुलेको हो ।

जिल्ला प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गर्ने क्रममा उनको र्मत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा दुबै खुट्टाले हानिरहेको नजिकैको सीसीटीभी फुटेमा पनि देखिएको दावी प्रहरीको छ ।

थापाको साथबाट लुटिएको मोवाइल र पर्स बरामद समेत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । हत्या आरोपमा पक्राउ परेका थापा यसअघि २०७७ सालमा गाजा सहित पक्राउ परेको रेकर्ड समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्