दाङ । लुम्बिनी प्रदेशकी पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेकी छिन्। पार्टीले आफूलाई असहयोग र बेवास्ता गरेको भन्दै उनले पार्टी परित्याग गरेकी हुन् ।
उनले माघ २४ गते नै नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दाङमा राजीनामा पत्र बुझाएकी छन् ।
उनले आफ्नो राजनीतिक उतार चढावमा बेलामा पार्टीले सहयोग नगरेको गुनासो गरेकी छन् । ‘मलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा दिन लगाइयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता गरेन । भूमिकाहीन बनायो’ उनले भनिन्, ‘पार्टीले युज एण्ड थ्रो गर्यो । त्यसैले पार्टीबाट राजीनामा दिएकी हुँ ।’
लेनदेनको विषयमा एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै विवादमा तानिएपछि उनले राज्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
फोटो:फाइल