पोखरा विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि

<span class='c1'>पोखरा विमान दुर्घटनाको एक</span> <span class='c2'>महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि</span>

कास्की । पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजाका एक दम्पतीको एक महिनापछि आज अन्त्येष्टि गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका हेमजा हनुमानचोक निवासी राजन सापकोटा र उहाँका श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो । अनिषाको शव पहिचान गर्न समस्या भएपछि अन्तिम संस्कार गर्न ढिलाइ भएको हो । राजनको शव माघ ८ गते काठमाडौँमा शवपरीक्षणबाट पहिचान भए पनि अनिषाको पहिचान गर्न डिएनए गरिएको थियो ।

डिएनएको रिपोर्ट हिजो प्राप्त भएपछि काठमाडौँबाट राति शव ल्याएर बिहान शवयात्रासहित अन्तिम संस्कार गरिएको मृतकका काका प्रकाशचन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँहरुको आजदेखि नै काजकिरिया सुरु भएको र दाजु किरिया बस्नुभएको बताइन्छ ।

डिभी परेर अमेरिका बस्दै आउनुभएका राजन गत वर्ष विवाह गरेर फर्किनुभएको थियो । विवाहको पहिलो वार्षिकोत्सव मनाउन उहाँ पुस ३० गते नेपाल आउनुभएको थियो । उहाँलाई लिन श्रीमती अनिषा काठमाडौँ जानुभएको थियो ।

पोखरा फर्किने क्रममा उहाँहरू चढेको विमान अवतरणका क्रममा विमानस्थल नजिक सेतीखोँचमा दुर्घटनामा परेको हो । यती एयरलाइन्सको सो विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए ।

यसैगरी, एक महिनाअघि पोखराको सेती खोँचमा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी दिवङ्गत पोखरा–२१, दोविल्ला निवासी २४ वर्षीया सविना रायमाझीको अन्त्येष्टि गरिएको छ ।

पोखरा–२१ स्थित सेती नदीको दोबिल्ला घाटमा आज बिहान सविनाको अन्त्येष्टि गरिएको उनका पारिवारिका सदस्यले जनाएका छन् । जहाज दुर्घटनामा पर्नुभएकी सविनाको शव पहिचान हुन नसकेपछि माघ ३ गते डिएनए परीक्षणका लागि काठमाडौँ लगिएको थियो ।

डिएनएको रिपोर्ट माघ २९ गते आइतबार मात्रै प्राप्त भएपछि सोमबार सविनाको परिवारले शव बुझेलगत्तै अन्त्येष्टि गरेका हुन् । काठमाडौँबाट पोखरा फर्कने क्रममा सविनाको यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएको हो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्