झापाबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित २ जना पक्राउ

झापाबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित २ जना पक्राउ

झापा । झापाको गौरीगञ्ज गाउँपालिका-३ स्थितबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका-८ का २४ बर्षीय बबि राजबंशी र गौरीगंज गाउँपालिका-३ का १९ बर्षीय संजिव रौनियार रहेका छन् ।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी गस्ति टोलीले गौरीगञ्ज-३ स्थितबाट संकास्पद अवस्थामा रहेका राजबंशीको साथबाट ७०० मिलिग्राम गाँजा बरामद गरेको थियो ।

राजबंशी पक्राउ परेसंगै सोधपुछको क्रममा गौरीगञ्ज-३ का रौनियारबाट खरिद गरि ल्याएको भनि खुल्न आए संगै रौनियारको घरमा खानतलासी गर्दा १ किलोग्राम ९ सय २० ग्राम गाँजा बरामद भएको हो ।

प्रतिबन्धित लागुऔषध गाँजा सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्