नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दियो

नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दियो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनायो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे ।

१३७ बल खेल्दै उनले पाँच छक्का र नौ चौकाको मद्दतमा १३३ रनको योगदान दिए । त्यसैगरी नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले ५६ जोडे । जेन ग्रिनले ३४ रन बनाए भने जान फ्रिलिङ्कले १३ रन जोडे । बलिङतर्फ नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए भने सन्दिप लामिछानेले तीन विकेट झारे ।

कुशल मल्ल र सोमपाल कामीले समान १÷१ विकेट लिए । उक्त सिरिजमा नेपाल २४ खेलमा १८ अङ्क जोडेर अङ्कतालिकाको छैटौँ स्थानमा रहेको छ भने नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा रहेको छ ।

नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्