विराटचोक महाेत्सव २०७९ हुने,प्रकाश सपूतदेखि जिबबसम्म आउने

<span class='c1'>विराटचोक महाेत्सव २०७९ हुने,प्रकाश</span> <span class='c2'>सपूतदेखि जिबबसम्म आउने</span>

विराटनगर । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ९ स्थित झरना युवा क्लबकाे आयाेजनामा विराटचोक महाेत्सव २०७९ हुने भएको छ। युवा उद्यमशीलता, देशको आवश्यकता भन्ने नारा सहित यहि फागुन ७ देखि २१ गते सम्म विराटचोक महाेत्सव हुने भएको हो।

सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग जुटाउने लक्ष्य अनुरूप महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

महोत्सवमा व्यापार व्यवसायलाई अभिबृद्धि गर्नका लागि ६० वटा भन्दा बढी स्टलहरू राखिने तयारी भएको मेलाका संयोजक भविन पाण्डेले जानकारी दिए । उनले महोत्सवका लागि करिव १ करोड ६० लाख खर्च हुने तथा आम्दानी भएको रकमले शिक्षाक्षेत्र तथा महत्वपूर्ण सममाजिक काममा खर्च गरिने बताए ।

स्थानीय सरकार साथै प्रदेश सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकले जानकारी गराएको छ । साथै ग्रामीण बजारको विस्तारसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको प्रवर्द्धन गर्ने, लोप हुन लागेका लोककला संस्कृति र साहित्यको जगेर्ना गर्ने, नगरभित्रका पर्यटकीय क्षेत्रहरूको प्रचार-प्रसार गरी धार्मिक स्थलहरूको संरक्षण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको आयोजक क्लबका अध्यक्ष प्रहलाद पाठकले बताए ।

महाेत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकार प्रकाश सपूत,मनोज गजुरेल, एलिना चौहान,प्रविसा अधिकारी,कमल खत्री,जिबब , मन्त्र व्यान्ड,नवीन के भट्टराईलगायत थुप्रै कलाकारहरुकाे प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा दिवा र रात्रीकालिन सत्रमा छुटाछुटै कार्यक्रमहरू फेसन शो तथा विभिन्न प्रतिभाहरूको प्रदर्शन हुने आयोजक क्लबका सचिव नगेन्द्रबहादुर भुजेलले जानकारी दिए । प्रदेश १ का मुख्यमन्त्री हिक्मत्कुमार कार्कीले महोत्सवको उदघाटन गर्ने तयारी गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्