खुल्यो मीरगञ्जको पुल : रि–रुट सुनसरी भन्टाबारी ‘डाईभर्ट’ विराटनगर आईसीपी

<span class='c1'>खुल्यो मीरगञ्जको पुल : रि–रुट</span> <span class='c2'>सुनसरी भन्टाबारी ‘डाईभर्ट’ विराटनगर आईसीपी</span>

विराटनगर । विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दक्षिण भारतको मीरगञ्जस्थित परमान नदीको पुल सञ्चालनमा आएको छ । ढेड महिना अगाडीदेखि भारतबाट छुट्ने मालवहाक सवारी आवात–जावत भईरहेपनि भारतीय पक्षले शुक्रबार औपचारिक निर्णय गरेपछि तेस्रो मुलुकबाट आयात गरिएको मालवस्तु बोकेका सवारी समेत पुलबाट आवात–जावत गर्न पाउने भएका हुन् ।

विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी परशुराम दाहालले पुल सञ्चालनमा आएसँगै रि–रुट भन्टाबारी सुनसरी हुँदै भित्रने मालवहाक सवारी निर्वाध आउन थालेको जानकारी दिनु भएको छ ।
भारतीय कष्टम विभागले शुक्रबार एक सुचना जारी गर्दै मिरगञ्जस्थित परमान नदीको पुलबाट मालवस्तु बोकेका सवारी आवात–जावत गरिने जनाएको थियो । तर, त्यस अगाडी अनौपचारिक रुपमा उक्त पुल ढेड महिना अगाडीदेखि दुईतर्फी सञ्चालनमा आएको थियो ।

भन्सार अधिकृत दाहालले अनौपचारिक रुपमा आवत–जावत सञ्चालन भएको पुल शुक्रबारदेखि औपचारिक सञ्चाालनको बाटो खोलिएपनि अहिलेसम्म कुनै आधिकारिक परिपत्र भने भन्सार कार्यालयमा नआएको जानकारी दिनुभयो । वाणिज्य मन्त्रालय अन्तर्गत रहेको थाहा नभएको हुनसक्छ, दाहालले भन्नुभयो–सुनसरी भन्टाबारी नाकाको रि–रुट भने पूर्ण रुपमा ‘डाईभर्ट’ आईसीपी भईसकेको छ ।

पुल भत्किएपछि १४ महिना अगाडीदेखि आईसीपी दक्षिण चार किलोमिटर दुरीमा आएका मालवहाक सवारी रि–रुट ११६ किलोमिटर भन्टाबारी हुँदै भन्सार आउने गरेका थिए । विराटनगरका उद्योगी–व्यवसायीले लामो समयदेखि निर्माण सम्पन्न भएको पुल सञ्चालनका लागि आग्रह गर्दै आएका थिए । तर, भारतीय पक्षले निर्माण भएको पुल लामो समयसम्म सञ्चालनमा नल्याउँदा भारत तथा तेश्रो मुलुकबाट नेपालमा पैठारी गरिदैं आएको मालवस्तु तथा निकासीका लागि जाने मालवस्तु भन्सार परीक्षण गराउन सुनसरीको बाटो भएर भित्रने गरेको थियो । निकासी हुनुपर्ने वस्तु समेत भन्सार कार्यालयमा चेकजाँचपछि फर्किएर सुनसरी भएर निकासी हुँदै आएको थियो ।

भारतको पटना स्थित कष्टम विभागले शुक्रबार सुचना जारी गरी नयाँ मीरगञ्ज पुल संचालनमा आएको र त्यसबाट मालवाहक आवत जावत गर्ने अनुमति दिइएको थियो । यस अघि भारतका जोगवनी स्थित ल्याण्ड कष्टम र आइसीपीबीचको समन्वयमा आंशिक मात्रै मालवहाकहरु ऋावतजावत हुँदै आएको थियो ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले लामो अवधीपछि पुल सञ्चालनमा आउँदा केहि राहत मिलेको बताउनुभयो । जोगवनी नाकाबाट मालवाहक आउजाउ रोकिदाँ सुनसरीको भन्टावारी नाकाबाट रिरुटका क्रममा एक कन्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले नोक्सान सहनु पर्दै आएको अध्यक्ष रिजालको दावी छ । एक बर्षमा व्यवसायीहरुले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा बुझाएको रिजालको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्