विराटनगर । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालबाट ‘डिजिटल भायोलेन्स’ गरेको आरोपमा डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो ।
एसएसपी नविन्द अर्यालका अनुसार नायिका करिस्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा किटानी जोहरी दिएपछि त्यस विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।
खनाले एक युट्युब च्यानलसँगको अन्तरवार्तामा करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए । विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने एसएसपी अर्यालले बताए ।