पिकअफमा चारसय केजी गाँजा : धनकुटाबाट फरार चालक पाँच दिनपछि इटहरीमा पक्राउ

पिकअफमा चारसय केजी गाँजा : धनकुटाबाट फरार चालक पाँच दिनपछि इटहरीमा पक्राउ

विराटनगर । धनकुटाको सहिदभूमि गाँउपालिका–४ हिले–छिन्ताङ कच्ची सडकबाट गाँजा बोकेको पिकअप प्रहरीले गत माघ २८ गते नियन्त्रणमा लिइएको लिएको थियो । प्रहरी देखेपछि पिकअप छोडेर भागेका चालक किरण राईलाई ईटहरीबाट दुईदिन अगाडी पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिलेतर्फ जाँदै गरेको को. १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम (१५ बोरा) गाँजा बरामद गरेको थियो ।

प्रहरीले रोक्न खोज्दा नरोकी केही पर गाडी छाडेर चालक फरार भएका थिए । गाडीबाट लागुऔषध गाँजा बरामद भए पश्चात फरार रहेका चालकको खोजतलास तथा अनुसन्धानको क्रममा फाल्गुन ३ गते सुनसरीको इटहरी–२ बाट पक्राउ गरिएको छ । चालक सहिदभूमी गाँउपालिका–४ का ३१ बर्षीय राईलाई प्रहरीले पाँच दिनपछि पक्राउ गरेको छ । पक्राउ परेका राईलाई धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्