भारतको आसाममा भीषण आगलागीबाट २५० पसल जलेर नष्ट

<span class='c1'>भारतको आसाममा भीषण आगलागीबाट</span> <span class='c2'>२५० पसल जलेर नष्ट</span>

भारतको उत्तरपूर्वी राज्य आसामको एक बजार मा शुक्रबार भएको भीषण आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन । आसामको राजधानी शहर दिसपुरबाट २९९ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको चोक बजारमा बिहीबार राति आगलागी भएको हो ।

“हामीले चोक बजारमा भएको आगलागीमा २४६ पसल जलेर नष्ट भएको जानकारी पाएका छौं,“ जोरहाटका डेपुटी कमिश्नर पुलक महन्ताले सिन्ह्वालाई बताएका छन् । अहिले आगो पूर्णतया नियन्त्रणमा आएको र कुनै मानवीय क्षति भने नभएको उनले बताएका छन् । अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिन ५० वटा दमकल परिचालन गरिएको र आगो निभाउन करिब १० घण्टा लागेको थियो । प्रारम्भिक अनुसन्धानले एउटा पसलमा सर्ट सर्किट भई आगो लाग्दा अन्य पसलमा पनि फैलिएको थियो ।

आगलागीका समयमा सबै पसलहरू बन्द रहेकाले कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्