पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई

<span class='c1'>पोखरा अन्तर्राष्ट्रिय म्याराथनको</span> <span class='c2'>उपाधि केन्याका स्टेफनलाई</span>

कास्की । सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जित्नुभएको छ । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जित्नुभएको हो । उहाँ १६औँ संस्करणको समेत विजेता हुनुहुन्छ ।

अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गर्नुभएको थियो । उपाधिसँगै उहाँले रू पाँच लाख पुरस्कार पाउनुभयो । उपाधि विजेता स्टफेनले पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै गत वर्षको तुलनामा पुरस्कार राशिसमेत धेरै भएकामा आफू हर्षित भएको प्रतिक्रिया दिनुभयो ।

यसैगरी केन्याकै धावक जुलियस मोरियकी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो हुनुभयो । उहाँले रू तीन लाख पुरस्कार प्राप्त गर्नुभयो । यस्तै नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय हुनुभयो । उहाँले रू दुई लाख पुरस्कार पाउनुभयो । श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेन्डमा पार गर्नुभएको थियो । केन्याकै सिमोन म्याराथनमा चौथो बन्दै रू ३० हजार पुरस्कार पाउनुभएको छ । उक्त म्याराथनमा १६ देशका २९ विदेशीसहित दुई सयभन्दा बढी धावकले प्रतिस्पर्धा गरेका थिए ।

हाफ म्याराथनमा पुलिसका राजपुराको ह्याट्रिक

यसैगरी पोखरा म्याराथनअन्तर्गतको महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाईले जित्नुभएको छ । योसँगै उहाँले पोखरा हाफ म्याराथन उपाधिमा ह्याट्रिक गर्नुभएको छ ।

राजपुराले निर्धारित २१ किमी दूरी एक घण्टा २१ मिनेट ११ सेकेन्डमा पूरा गर्दैै च्याम्पियन बनेर रू एक लाख ५० हजार पुरस्कार पाउनुभयो । उहाँले यसअघि २०७७ र २०७८ सालमा समेत उपाधि आफ्नो पोल्टामा पार्नुभएको थियो ।

यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लबकी वृन्दा श्रेष्ठले द्वितीय हुँदै रू एक लाख पुरस्कार पाउनुभयो । उहाँले निर्धारित दौड एक घण्टा २६ मिनेट २८ सेकेन्डमा पूरा गर्नुभयो । सेनाकी पूर्णलक्ष्मी न्यौपानेले एक घण्टा २६ मिनेट ४९ सेकेन्डमा दौड पूरा गरी तृतीय बन्दै रू ७५ हजार पुरस्कार प्राप्त गर्नुभयो । नेपाल पुलिसका रेखा विष्टले एक घण्टा ३२ मिनेट चार सेकेन्डमा हाफ म्याराथन सम्पन्न गरी चौथो बन्नुभयो । उहाँले रू १५ हजार पुरस्कार पाउनुभयो ।

यसैगरी, १० किमी महिला दौडमा सशस्त्र प्रहरीकी आशा राउतले उपाधि जित्नुभयो । उहाँले निर्धारित दूरी ५० मिनेट १२ सेकेन्डमा पूरा गर्नुभयो । नेपाल प्रहरीकी वृष्मा कुमाल द्वितीय र नेपाली सेनाकी कल्पना खड्का तृतीय हुनुभयो ।

पुरुष १० किमी दौडमा नेपाली सेनाका सञ्जय श्रेष्ठ प्रथम, सेनाकै सुवास कार्की द्वितीय र पाँचथरका दीपक सुहाङ तृतीय हुनुभयो । महिला तथा पुरुष १० किमीको दौडका प्रथम, द्वितीय र तृतीयले समान क्रमश ः रू ३० हजार, रू २० हजार र रू १५ हजार पुरस्कार पाउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्नुभएको थियो । मुख्यमन्त्री अधिकारीले समेत पाँच किमी दौड पूरा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्