ठुलो डटकमको अनलाईन व्यापार प्रदेश १ मा विस्तार

ठुलो डटकमको अनलाईन व्यापार प्रदेश १ मा विस्तार

विराटनगर । ठुलो डकटमले प्रदेश १ मा अनलाईन ब्यापार विस्तार गरेको छ । महिला तथा उद्यमीलाई लक्षित गरि अनलाईन ब्यापार प्रवद्र्धन तथा बजारीकरण सुरु गरेको हो ।

विराटनगरमा एक कार्यक्रमको आयोजना गरि ठुलो डटकमले प्रदेश १ मा औपचारिक रुपमा ब्यापार सुरु गरेको जनाइएको छ । कम्पनीका सिओओ फाउण्डर सुरक्षा अधिकारीले ठुलो डटकम (ईकमर्श टेक्नोलोजी) विद्युतिय व्यापार प्रविधि कम्पनी भएको जानकारी दिईन् । उनले इतिहास बोकेको ठुलो डटकम २००५ साल देखि नै शुरु भएको र सन् २०१६ बाट देशभरी नै निरन्तर रुपमा साना मझौला तथा ठुला उद्योग ब्यवसायहरुलाई सुचना प्रविधिसँग आबद्ध गराउने काम गरेको सुनाईन्।

ठुलो डटकमको प्रधानकार्यालय बागमती प्रदेशको ललितपुर जिल्लामा रहेको भएपनि यस वर्षदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश न १, प्रदेश लघु उद्यम महासंघ नेपाल लगायत अन्य संघ संस्थाको सहकार्यमा प्रदेश न १ मा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धि कार्यक्रमहरु शुरु गरेको हो ।

प्रदेश न १ भित्र विशेषगरि विराटनगर, झापा, इटहरी, उदयपुर, धनकुटा, तेह्रथुम र पथरीमा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धि तालिम संचालन गरेको प्रमुख कार्यकारी निर्देशक राजाराम नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्