विराटचाेक महाेत्सवकाे आवश्यक तयारी पूरा : आज उदघाटन हुने

<span class='c1'>विराटचाेक महाेत्सवकाे आवश्यक तयारी पूरा</span> <span class='c2'>: आज उदघाटन हुने</span>

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित झरना यूवा क्लबकाे आयाेजनामा फागुन ७ गते देखि हुने विराटचाेक महाेत्सव २०७९ काे आवश्यक तयारी पूरा भएर आज उदघाटन हुने आयाेजकले बताएकाे छ ।

कृषि , पर्यटन र व्यापार मेलाकाे आवश्यक तयारी पूरा भएको साथै महाेत्सव सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयाेग जुटाउँने लक्ष्य अनुरूप फागुन २१ गते सम्म सञ्चालन गर्न लागिएको मेलाका संयाेजक भविन पाण्डेले जानकारी दिए । `युवा उद्यमशीलता, देशकाे आवश्यकता भन्ने नारा सहित सञ्चालन हुन लागेको महाेत्सवमा व्यापार व्यवसायलाई अभिबृद्वि गर्नका लागि ५० वटा भन्दा बढी स्टलहरू राखिने तयारी भएको छ ´उनले भने `महाेत्सवका लागि करिव १ कराेड ६० लाख खर्च हुने तथा आम्दानी भएको रकमले शिक्षाक्षेत्र तथा महत्त्वपूर्ण समाजिक काममा खर्च गरिने छ ´।

स्थानीय सरकार साथै प्रदेश सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक कृषि तथा पर्यटकिय क्षेत्रको रूपमा विकास गर्ने महाेत्सवकाे उदेश्य रहेको आयाेजकले जानकारी गराएको छ । साथै ग्रामिण बजारको विस्तारसँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको पर्वद्धन गर्ने ,लोप हुन लागेका लोककला संस्कृति साहित्यको जगेर्ना गर्ने , नगर भित्र रहेका पर्यटकिय क्षेत्रहरूको प्रचार-प्रसार गरी धार्मिक स्थलहरूको संरक्षण गर्ने उल्लेख गरिएको छ । विभिन्न जातजातिका साँस्कृतिक सामाजिक तथा धार्मिक सदभाव अभिवृद्धि गरि स्थानिय व्यवसायलाइ प्रबर्द्धन गर्दै युवा उद्यमशिलतालाई प्रोत्साहन गर्नका लागि पनि मेल सञ्चालनको तयारी भएको आयाेजक क्लबका अध्यक्ष प्रल्हाद पाठकले बताए ।`मन्दी भएको आर्थिक अवस्थालाई चलायमान बनाएर युवाकाे एकता र मेलमिलापकाे भावना उच्च बनाउँने चाहाना अनुरूप मेला सञ्चालनकाे तयारी पूरा भएको छ ´ उनले भने ।

दैनिक उपभोग्य वस्तु तथा सेवाहरू, जडिबुटि कृषि उत्पादन साथै कृषि प्रदर्शनी महाेत्सवमा रहने भएको छ ।साथै इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स, अटोमोबायल ,लुब्रिकेन्ट्स, मोबाइल तथा सूचना प्रविधि समावेस गरिने उल्लेख्य गरिएको छ । साना तथा घरेलु उत्पादन , हस्तकलाका सामग्रीहरू, गार्मेन्टस र फुटवेयर फलफूल साथै पुष्प प्रदर्शनी हुने आयाेजकले जानकारी दिएको छ । जातिय पहिचानका सामग्रीहरू,साना तथा घरेलु उत्पादन अल्लोबाट उत्पादीत कपडाहरू, बाँसको हस्तकला, ढाकाका कपडाहरू रहने आयाेजकले बताएको छ ।

महोत्सवमा मनोज गजुरेल, प्रविसा अधिकारी, प्रमोद खरेल, कमल खत्री, एलिना चौहान, मेलिना राई, प्रकाश सपुत+प्रिति आने, सुवानी मोक्तान, मन्त्रव्यान्ड, नविन के भट्टराई ,लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरू मनाेरञ्जन प्रदानका लागि सहभागी रहने आयाेजकले बताएकाे छ । महाेत्सवलाई भव्यसभ्य बनाउँन जाेड दिएर सुरक्षाकाे व्यवस्थाका लागि सुरक्षाकर्मीका साथै युवा परिचालन गरिएकाे तथा आर्थिकपक्ष बलियाे बनाउँन टिकटबिक्री गरि सहयाेगका लागि व्यापारिक प्रतिष्ठान र स्थानीय सरकारसँग सहकार्य भएको मेलाका आर्थिक व्यवस्थापक युवेन गुरूङले बताए ।

मेलाका विशेष आर्कषणहरू
मनोरञ्जनात्मक खेल, स्थानीय तथा राष्ट्रिय कलाकारहरूका साथमा दैनिक सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहने आयाेजकले बताएको छ । मेलामा विभिन्न साहित्यिक तथा नाट्य समुहबाट नाटक तथा साहित्यिक मनोरञ्जन दिवा र रात्रीकालिन सत्रमा छुटाछुटै कार्यक्रमहरू फेसन शो तथा विभिन्न प्रतिभाहरूको प्रदर्शन हुने आयाेजक क्लबका सचिव नगेन्द्रबहादुर भुजेलले उल्लेख गरे ।

विस २०७२ सालमा स्थापना भइ सुन्दरहरैँचा नगरमा विभिन्न किसिमका सामाजिक, साँस्कृतिक, खेलकुद तथा मनोरन्जन कार्यक्रम गर्दै आएको झरना युवा क्लबले समाजलाई सामाजिक सचेतना बढाउँदै विद्यालय, खेलकुद बाटोघाटो आदिको संरक्षण र सम्बर्द्धन गरी विभिन्न सामाजिक कार्य गर्दै आएको आयाेजकले बताएको छ ।महाेत्सवकाे प्रवर्द्धक सुन्दरहरैँचा नगरपालिका तथा मुख्य प्रायाेजक पूर्वाञ्चल ल्यूव आयल प्रालि रहेको छ । शिक्षाक्षेत्रकाे हित र विकासका लागि सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार बिद्यार्थीहरूकाे सहयाेगमा महाेत्सव आयाेजना गर्नु सकारात्मक पक्ष भएको साथै यसका लागि स्थानीय सरकार सकेको सहयाेग गर्न लागि पर्ने नगर प्रमुख केदारप्रसाद गुरागाइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्