नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा

<span class='c1'>नागरिक उन्मुक्तिका सांसद</span> <span class='c2'>चौधरी रिहा</span>

अत्तरिया । कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरूण चौधरी आज रिहा हुनुभएको छ ।

उहाँ प्रजातन्त्र दिवसका अवसरमा कैद माफीसहित रिहा हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका उपलक्ष्यमा तीन सय ९५ कैदीको सजाय माफी दिनुभएको थियो । चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो ।

विसं २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र रु आठ लाख १८ हजार चार सय २३ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई गत माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्